दैलेख : दैलेखमा दुई सय ४० वर्ष पुरानो मानिएको बर्षे मेला आजबाट सुरु भएको छ ।
घण्टाकर्ण अर्थात् गाँठेमंगलको दिनबाट सुरु गरिने १ महिने लामो मेला आजबाट सुरु हुने भएको हो ।
तत्कालीन किंवद्धन्ती अनुसार रानीलाई खुसी पार्नका लागि दर वारबाट आदेश आएसँगै नेवार समुदायका व्यक्तिहरूले यस्तो मेला लगाउन सुरु गरिएको जनश्रुति अहिले पनि कायमै छ । मेला सञ्चालन गरेबापत तत्कालीन समयमा भूमि कर छुट दिने प्रचलन रहेको भए पनि अहिले सबै समुदायका व्यक्तिहरूले यसलाई विशेष पर्वको रूपमा लिने गरेका छन् ।
सुरुवातीमा भगवती टोल युवा क्लब र न्यू ज्वाला क्लबले यो मेला सञ्चालन गर्ने गरेको भए पनि पछिल्ला दिनहरूमा सदरमुकाममा रहेका एभरेष्ट क्लब र सुनगाभा क्लबले पनि मेला सञ्चालन सुरु गरेका छन् ।
सङ्घीयता आएसँगै दैलेखका ११ वटै पालिकाका सदरमुकामहरूमा लाखे जात्रा मनाउने प्रचलन रहेको छ ।










